रचना र भिमकाे आवाजमा ‘दिलराजा’ गित सार्वजनिक « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Wed Feb 8 2023


रचना र भिमकाे आवाजमा ‘दिलराजा’ गित सार्वजनिक


208
Shares

काठमाडौं। गायिका रचना रिमाल र गायक भिम दोर्जे तामाङको आवाज रहेको ‘दिलराजा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा शब्द र संगीत रमेश दर्नालको रहेको छ । काठमाडौँको चोभार, कपन, भद्रकाली लगायतका स्थानमा छायांकन गरिएको भिडियोमा पछिल्लो समयका चर्चित मोडलद्धय गरिमा शर्मा र सुधीर श्रेष्ठको कलात्मक अभिनय देख्न सकिन्छ ।

भिडियोले गहिरो प्रेममा रहेको एक मायालु जोडीको सफलताको प्रेम कथालाई देखाएको छ । लोकप्रिय गीतकार लोकराज अधिकारी क्रिएटिभ डाइरेक्टर रहेको भिडियोमा सुब्रत आचार्य अतिथी कलाकारको रुपमा देखिएका छन् । ।

शरद पाण्डेको कन्सेप्ट र निर्देशन रहेको भिडियोको छायांकन उत्सब दाहालले गरेका हुन् भने सम्पादन विकाश दाहालले गरेका हुन् ।