एसी मिलान कोपा इटालिया फुटबलबाट बाहिरियो « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Fri Feb 3 2023


एसी मिलान कोपा इटालिया फुटबलबाट बाहिरियो


182
Shares

काठमाडौं । एसी मिलान कोपा इटालिया फुटबलको प्रि–क्वाटरफाइनलबाट बाहिरिएको छ ।

बुधबार राति टोरिनोसँग अतिरिक्त समयमा १–० ले पराजित हुँदै मिलान प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको हो ।

टोरिनोलाई क्वाटरफाइनलमा पुर्‍याउन एनदारी एडोपोले एक गोल गरे ।

खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो । ११४ औं मिनेटमा एडोपोले गोल गर्दै टोरिनोलाई जित दिलाए ।

यस्तै, खेलको ७० औं मिनेटमा कोफीले रातो कार्ड पाएपछि टोरिनो १० खेलाडीमा समेटिएको थियो ।