Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


पृथ्वी जयन्तीको अवसरमा राप्रपाको चियापान


117
Shares

काठमाडौं । पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार भृकुटीमण्डपमा चियापान कार्यक्रम आयोजना गर्दैछ ।

राप्रपाले दिउँसो १ बजेबाट भृकुटीमण्डपमा चियापान कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रममा प्रधानमन्त्री, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका प्रमुख तथा नेताहरू, नेपाल सरकारका उच्चपदस्थ व्यक्तित्व एवं नेपालको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तित्वहरूलगायतलाई आमन्त्रण गरिएको राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

प्रवक्ता श्रेष्ठका अनुसार बुधबार बिहान साढे १० बजे पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, काठमाडौंको भृकुटीमण्डपमा रक्तदान, भृकुटीमण्डप परिसरभित्रै कवि गोष्ठि पनि आयोजना गरिएको छ ।

पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा सरकारले बुधबार सार्वजनिक बिदासमेत दिएको छ ।