१४ बैशाख २०८२, आइतबार | Mon Apr 28 2025


पिकअप भ्यान दुर्घटनामा सहचालकको मृत्यु


0
Shares

लहान, असार ४ । सिराहाको कर्जन्हा नगरपालिका–४ भुलके चोकमा गएराति पिकअप भ्यान दुर्घटना हुँदा परिचालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा मुगुको छायाँरारा नगरपालिका–५ का २३ वर्षीय विशाल कामी छन् । गएराति बा१५च ६०४५ नम्बरको पिकअप भ्यान नियन्त्रण गुमाएर पल्टिएको थियो ।

दुर्घटनामा चालक भने सकुशल रहेको र उनलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बन्दिपुरले जनाएको छ ।