काठमाडौं बाहिरबाट ९३ मात्र श्रमस्वीकृति « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Wed Feb 8 2023


काठमाडौं बाहिरबाट ९३ मात्र श्रमस्वीकृति


130
Shares

काठमाडौं । सरकारले श्रमस्वीकृतिका सबै काम आइतबारदेखि प्रदेशस्तरबाट गर्ने निर्णय गरेको दुई दिनमा काठमाडौं बाहिरबाट ९३ जनाले नयाँ श्रमस्वीकृति लिएका छन् । दुई दिनमा मुलुकभरबाट २ सय २५ जनाले नयाँ श्रमस्वीकृति लिएकोमा काठमाडौं बाहिरको संख्या ९३ मात्र रहेको हो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमस्वीकृति, मेनपावर र अभिमुखीकरण संस्थाले लिने सेवालाई विकेन्द्रीकरण गर्ने निर्णय गरेको दुई दिनमा यो संख्यामा श्रमस्वीकृति दिएको हो ।

सरकारले केन्द्रिकृत सेवालाई काठमाडौं बाहिरका ६ श्रम कार्यालयमा विस्तार गरेपनि अधिकांशको जानकारी अभावका कारण आवेदन नपरेको हो ।

वैदेशिक रोजगार विभाग ताहाचल कार्यालयका अनुसार नयाँ श्रमस्वीकृति सेवा पहिलो चरणमा पोखरा र विराटनगरबाट गरिएको छ तर, सेवाग्राहीको संख्या न्यून छ । अन्य कार्यालयमा पनि सेवा विस्तार गर्न प्राविधिक पूर्वधारको काम भइरहेको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।