
काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभासदस्य रमेशजङ राईमाझीले सरकारको गृहमन्त्री भएर शपथ खाएको दिन नै मन्त्रिपरिषद्मा प्रतिपक्षको भूमिका खेल्छु भन्नु केटाकेटी पन भएको टिप्पणी गर्नुभएको छ ।
सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै रायमाझीले संसदीय प्रणालीमा प्रधानमन्त्रीको नेतृत्वमा जनता र संसदप्रति उत्तरदायी हुनुपर्ने भन्दै सरकारको उपप्रधान तथा गृहमन्त्रीले सरकारको प्रतिनिधि भन्दा प्रतिपक्षको भूमिमा उभिने भन्नेबाट कानूनको पालना नहुने बताउनुभएको हो ।
उहाँले संसदीय व्यवस्थामा प्रधानमन्त्रीको मन्त्री भएर मन्त्रिपरिषद्मा प्रतिपक्षको भूमिका खेल्छु भन्नु केटाकेटी पन वा अनपेक्षित पद प्राप्तिपछिको उत्साह अंहकार भएको टिप्पणी गर्नुभयो । उहाँले कानूनको भुमरीमा परेर सफाइ नपाएको व्यक्ति नै स्वास्र्थ बाझिने गरी राज्यमा प्रमुख निकायमा रहँदा यो शासन व्यवस्थाको मूल्य र मान्यतालाई कायम गर्न नसक्ने बताउनुभयो । उहाँले संविधानमा व्यवस्था भएका मौलिक हकमा राज्य गम्भिर नबन्दा धेरै शान्ति सम्झौतामा भएका कामहरु गर्न बाँकी रहेको बताउनु भयो ।
उहाँले आमागी संसदले लामो समय देखि विवाद रहेको नागरिकता संशोधन विद्येयक प्रमाणिकरण नहुँदा नागरिकहरु नागरिता पाउनबाट बन्चित बन्नुपरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्