२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


प्रतिनिधिसभाको बैठक भाेलि बिहान ११ बजे बस्नेगरि सकियो


78
Shares

काठमाडौं । प्रतिनिधिसभाको सोमबार बसेको पहिलो बैठक सकिएको छ । प्रतिनिधिसभाको दोस्रो बैठक भने मंगलबार बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएकाे छ ।

विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरुले आ–आफ्नाे भनाइहरु राखेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सोही बैठकबाट प्रतिनिधिसभाको विश्वासको मत लिने जानकारी पनि गराउनु भएकाे थियाे ।

प्रधानमन्त्रीका रुपमा समर्थन दिएका दलका सांसदहरुको पनि विश्वासको मत दिएपछि प्रधानमन्त्रीलाई संसद्ले म्याडेट दिएको प्रमाणित हुन्छ ।