२७ जेष्ठ २०८२, मंगलबार | Tue Jun 10 2025


बार्सिलोनाद्वारा एट्लेटिको मड्रिड पराजित


182
Shares

काठमाडौं । स्पेनिस लिग फुटबलमा आइतबार राति बार्सिलोनाले एट्लेटिको मड्रिडलाई १–० ले पराजित गरेकाे छ ।

बार्सिलोनाको जितमा फ्रेन्च खेलाडी ओसमान डेम्बेलेले पहिलो हाफमा गरेको गोल निर्णायक बनेकाे हाे । खेलको अन्त्यतिर एट्लेटिको मड्रिडका स्टेफन साभिच र बार्सिलोनाका फेरान टोरेसले रातोकार्ड पाएपछि दुवै टोली १० खेलाडीमा समेटिएका छन्।

जितसँगै बार्सिलोनाले स्पेनिस लिग फुटबलको शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ । बार्सिलोनाले १६ खेलबाट ४१ अंक बटुलेको छ । शनिबार राति पराजित भएको रियाल मड्रिड ३८ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

एट्लेटिको भने २७ अंकसहित पाँचौँ स्थानमा रहेकाे छ ।