राहदानी सर्भर बनाउन फ्रान्सेली टोली आउँदै « Imagekhabar – Online News Portal of Nepal
१९ माघ २०७९, बिहीबार | Thu Feb 2 2023


राहदानी सर्भर बनाउन फ्रान्सेली टोली आउँदै


962
Shares

काठमाडौं । विद्युतीय राहदानीको सर्भर समस्या हल गर्न फ्रान्सबाट प्राविधिक टोली आउने भएको छ ।

नेपालले जारी गर्ने विद्युतीय राहदानीको सम्पूर्ण जिम्मा पाएको आईडीमिया टोली भोलि सोमबारसम्म आइपुग्ने राहदानी विभागका महानिर्देशक सुरेन्द्र यादवले जानकारी दिए ।

नेपालमा १५ मंसिर २०७८ बाट सुरु विद्युतीय राहदानीको सम्पूर्ण प्राविधिक जिम्मेवारी सो टोलीले पाएको छ ।

राहदानी सर्भरमा ‘स्टोरेज’ समस्या देखिएको छ । विभागका महानिर्देशक यादवका अनुसार कुनैपनि व्यक्तिको फोटो, हस्ताक्षर र हातको बायोमेट्रिक लिन समय लागेपछि त्यसको समाधानका लागि प्राविधिक टोली बोलाइएको हो ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।