वीरगञ्ज । सेवा प्रदायक कार्यालयबाट सेवाग्राहीले समयमै सेवा नपाएको चौतर्फी गुनासो आउने गरेको सुनिन्छ, यो खासै नौलो पनि होइन । तर, वीरगञ्जको एउटा सेवा प्रदायक कार्यालयको हकमा भने यसो भनिँदा न्याय नहुन सक्छ । यहाँ सेवाग्राहीले नै सेवा लिन विलम्ब गर्दा कार्यालयले नै उल्टै सेवाग्राही कुर्दै बसेको हो ।
वीरगञ्जको भन्सार कार्यालयमा सीमापारीबाट आयात भएका नयाँ सवारी साधनको भन्सार पास गराउन सेवाग्राही नपुग्दा अन्य भीडभाड हुने कार्यालयमा जस्तो यो कार्यालयमा सेवाग्राहीले नभई सेवा प्रदायक कार्यालयले नै एक वर्ष यता कुर्नुपरेको छ ।
भन्सार कार्यालय वीरगञ्जले सेवाग्राही आएर मालवस्तु जाँचपास गराई लिएर गए हुन्थ्यो भनी प्रतिक्षारत छ ।
सेवाग्राहीले एक वर्षभन्दा लामो समयदेखि आयातित नयाँ सवारी नछुटाइदिँदा भन्सार कार्यालय वीरगञ्ज मातहतको संयुक्त भन्सार जाँच चौकी (आईसीपी) को यार्ड नै खचाखच भरिएको छ । यसका अतिरिक्त मुलुकको राजस्व संकलनको लक्ष्यमा समेत प्रभाव परेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।









प्रतिक्रिया दिनुहोस्