Logo १२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026


खस्कँदै रेसम खेती: महिलामैत्री बनाउन सके नाफैनाफा


208
Shares

काठमाडौं । यस वर्ष भदौमा लगातार तीन दिन झरी पर्दा नुवाकोट म्यागङ गाउँपालिका–२ लामीडाँडाकी पृथीमाया तामाङले पालेका रेसम किरा मरे । लगातारको झरीले घरभित्र पालेका रेसम किरा खान नपाउँदा मरेका हुन् । कोया (कोकुन) बनाउन ठिक्क परेका रेसम किरा लगातारको झरीकै कारण बारीमा रोपेको किम्बुका पात खान नपाउँदा मरेका थिए ।

बैमौसमी झरीसँगै विगतभन्दा यस वर्ष केही छिटो चिसो मौसम सुरु भयो । यसको असर रेसम किरामा पनि पर्‍यो । पृथीमायाले अब रेसम किरा पाल्न चैत महिना कुरेर बसेकी छिन् ।

महिलामैत्री मानिएको रेसम खेती नेपालमा खस्कँदो अवस्थामा छ । निश्चित तापक्रममा हुने रेसम खेती बेमौसममा पर्ने असिना, पानी अनि समयभन्दा अगाडि नै सुरु हुने चिसोका कारण प्रभावित भएको छ । रेसम किरा निश्चित तापक्रममा पाल्नुपर्छ ।

यसका लागि २५ डिग्र्री सेल्सियसदेखि ३० डिग्रीसम्मको तापक्रम र ७० देखि ८० प्रतिशतसम्मको आद्र्रता उपयुक्त हुन्छ । रेसम किराको मुख्य खानेकुरा किम्बु पाखो जमिनमा रोप्ने गरिन्छ । किम्बुको बगैंचा बनाएर यसको खेती गरिन्छ । रेसम किराले किम्बुको पातबाहेक अरू केही पनि खाँदैन । किम्बु नभए रेसम खेती गर्न सकिँदैन ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।