२२ मंसिर २०८०, शुक्रबार | Fri Dec 8 2023


पाराग्वेमा चोरले ४२ ओटा शक्तिशाली राइफल चोरेको खुलासा


0
Shares

काठमाडौं, भदौ ११ । पाराग्वेमा प्रहरीको शस्त्रागारबाट चोरले ४२ ओटा शक्तिशाली राइफल चोरेको खुलासा भएको छ ।

अनुसन्धानकाक्रममा अधिकारीहरुले ती राइफलको ठाउँमा काठ र प्लास्टिकका नक्कली हतियार फेलापारेको थिए ।

‘कालोबजार’मा १० हजार अमेरिकी डलरसम्म राइफल बिक्रीमा राखेको फेलापरेपछि अनुसन्धान अगाडि बढाइएको थियो ।

पछि फेलापरेका ती राइफलहरु अहिले भन्डारण गरिएपनि केही भने अझैपनि काम लाग्ने अवस्थाका छन् ।

चोरिएका राइफलहरु तस्करहरुले अर्जेन्टिना र ब्राजिलसम्म पुर्‍याएको विश्वास गरिएको छ ।

पाराग्वेका सन्चारमाध्यमहरुले नक्कली राइफलको तस्वीर प्रकाशित गरी मुलुकको प्रहरी संगठनको इतिहासमा यो सबैभन्दा लज्जास्पद कान्ड भएको उल्लेख गरेका छन् । (एजेन्सी)