Logo १२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026


उपरथी शाही सैनिक मुख्यालयको नियन्त्रणमा


208
Shares

काठमाडौं । पद र शक्तिको आडमा सेनाको उच्च पदमा रहँदै आएका नेपाली सेनाका एक बहालवाला उपरथीलाई सैनिक मुख्यालयले नियन्त्रणमा लिएर हिरासतमा राखेको छ ।

सैनिक मुख्यालयले उपरथी प्रेम शाहीलाई सैनिक मुख्यालयबाटै नियन्त्रणमा लिएर सैनिक हिरासतमा राखेको हो ।

नेपाली सेनाको छाउनीस्थित अस्पतालमा कार्यरत रहँदा उपरथी शाहीमाथि आर्थिक अनियमितता गरेको अभियोगमा सैनिक मुख्यालयले छानबिन सुरू गरेको थियो ।

औषधिदेखि विभिन्न सामान खरिदमा भ्रष्टाचार गरेको भन्दै सैनिक मुख्यालयले छानबिन सुरू गरेको थियो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।