Logo १२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026


प्रधानमन्त्री दाहालद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन (तस्बिरहरु)


156
Shares

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज उद्घाटन गर्नुभएकाे छ । पोखरामा आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक उद्घाटन गर्नुभएकाे हाे ।

शुरुमा विमानस्थलबाट आन्तरिक उडान मात्र हुने बताइएको छ । यान्त्रिक परीक्षण उडान यसअघि सम्पन्न भएपछि आन्तरिक उडानका लागि वातावरण बनेको कर्मचारीहरुको बुझाई छ ।

अझै केही प्राविधिक पक्षमा काम गर्न बाँकी रहेकाले अन्तर्राष्ट्रिय उडान शुरु हुन समय लाग्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले बताउनु भयाे। उहाँका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल बाहिरका गन्तव्यसँग जोड्न बुद्ध एअरले पहल थालेको छ ।

बुद्ध एअरले पोखरामा आधारित रहेर नेपाल तथा नेपाल बाहिरका विभिन्न गन्तव्यमा सेवा सञ्चालन गर्ने तयारी गरिरहेको छ । भारतका विभिन्न शहरमा उडान भर्नका लागि सो कम्पनीले भारत सरकारसँग अनुमति माग गरेपछि सो अनुमति प्राप्त भएको बताइएको छ ।