काठमाडौं । गाईजात्राको अवसरमा हाँस्य कलाकारहरुले आज राजधानीमा आ–आफ्नो प्रस्तुति दिएका छन् ।
राजधानीमा भएको एक कार्यक्रममा उनीहरुले सरकार,बिभिन्न राजनीतिज्ञ र मुलुकको समसामयिक अवस्थाको बारेमा व्यङ्ग्य गरेका छन् ।
धेरैजसोे कलाकारहरुले सरकारका काम कारबाही मुलकमा बढ्दो महंगी, सरकारको करको नीति, हिंसा, हत्या र बलात्कारजस्ता घटनाको बारेमा व्यङ्ग्य गरेका थिए ।
कलाकारहरु दिपकराज गिरी, जितु नेपाल, मनोज गजुरेल, ध्रुव सिंखडा, राजाराम पौडेललगायतले गाईजात्रा पर्वको अवसरमा बिभिन्न व्यङ्ग्यात्मक प्रस्तुति दिएका थिए ।




प्रतिक्रिया दिनुहोस्