Logo २६ जेष्ठ २०८३, मंगलबार | Tue Jun 9 2026


सिद्धबाबामा सुरुङ मार्गको काम सुरु


2.8k
Shares

काठमाडौं । बुटवल–तानसेन सडकखण्ड अन्तर्गत सिद्धबाबामा सुरुङ मार्गको काम सुरु भएको छ ।

१ हजार १ सय २६ मिटर लामो सुरुङ पाल्पाको दोभानबाट सुरु भएर बुटवलको चिडिया खोला रामपिथेकस पार्कसम्म ल्याइने छ । त्यसका लागि ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले आफ्नो डिजाइजन पेस गरेको छ भने साइटको अन्य काम पनि सुरु गरेको छ ।

सिद्धबाबा सुरुङ मार्ग निर्माण परियोजनाका प्रमुख एवं इन्जिनियर होमबहादुर एसीले निर्माण कम्पनीले डिजाइन पेस गरेसँगै साइटको काम पनि सुरु गरेको जानकारी दिनुभयो

ल्याबका लागि पाल्पाबाट विद्युत् ल्याउने, परियोजनामा आगलागी नियन्त्रण गर्नकालागि पानी ट्यांकी निर्माणगर्ने जस्ता काम धमाधम निर्माण कम्पनीले सुरु गरेको छ । बुटवल–पाल्पा सडकको शिद्धबाबामा माथिबाट खस्ने पहिरोले बर्सेनि ठुला दुर्घटना निम्त्याउने गरेको छ ।

यो सडकमा अहिले दैनिक २ हजार ५ सय को हाराहारीमा सवारी साधन गुड्ने गरेका छन् । पहिरोमा परेर अकालमै ज्यान गुमाउनेको संख्या बढ्न थालेपछि सिद्धबाबामा सुरुङमार्गको आवश्यकता महसुस गरेर सुरुङ मार्ग निर्माण कार्य सुरु भएको हो ।

यो परियोजनाको लागत १० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।