१ बैशाख २०८१, शनिबार | Sat Apr 13 2024


जसपाको बैठक जारी


117
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी रहेको छ ।

बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको बैठकमा हालै सम्पन्न चुनावको समीक्षा, सरकारमा सहभागिता, राजनीतिक समिति बैठकको एजेण्डालगायतको विषयमा छलफल भईरहेको पार्टीका कार्यकारिणी सदस्य रामसहाय यादवले जानकारी दिनुभयो ।

जसपाले पार्टीको संसदीय दलको नेता चयन गरिसकको छ भने मधेस प्रदेशमा चयन गर्न बाँकी छ ।

संघीय सरकारलाई समर्थन गरेपनि सरकारमा सहभागी भएको छैन । सहभागी हुने नहुने विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

जसपाले पुस १८ र १९ गतेका लागि राजनीतिक समितिको बैठक बोलाएको छ ।