Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


न्याय माग्दा राजनीति गरेको आरोप लाग्नु विडम्बनाः दिलेन्द्र बडु


0
Shares

कञ्चनपुर । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दिलेन्द्र बडुले निर्मला पन्तलाई न्याय दिलाउन स्थानीयले गरेको आन्दोलनमा कांग्रेसले साथ दिंदा राजनीति गरेको आरोप लागेको बताएका छन् ।

नेपाल प्रेस युनियन कञ्चनपुरले आज महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा नेता बडुले दोषी नउम्कियोस् भनेर न्याय माग्दा राजनीति गरेको आरोप लाग्नु विडम्बना भएको बताए ।

उनले जनताले न्यायका लागि बोल्दा सरकारले उनीहरुमाथी दमन गर्नु निन्दनीय भएको बताए ।

पत्रकार सम्मेलनमा कांग्रेस नेता तथा पूर्वमन्त्री विरबहादुर बलायरले सरकारले हत्यारा पत्ता लगाउनुको साटो आत्तिएर क्षतिपूर्तिको घोषणा गरेको आरोप लगाए ।