
काठमाडौं । नेपाल चिनाउने कला, तस्विर, गीत–संगीत, इतिहासलगायतका श्रव्यदृश्य सामग्री अब अन्तरिक्षमा पुग्ने भएका छन् । मुनाल भू–उपग्रहमा नेपाल चिनाउने श्रव्यदृश्य सामग्री अडियो फरम्याट (ध्वनि) माध्यममा मेमोरिचिपमा राखेर अन्तरिक्षमा पुर्याइने छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र अन्तरिक्ष प्रतिष्ठान नेपालको सहकार्यमा भू–उपग्रहको दोस्रो संस्करणका रूपमा डाँफे र मुनाल नामका थप दुई भू–उपग्रह पठाउने तयारी भइरहेको छ ।
स्ट्रिट आर्टिस्ट किरण महर्जनले मुनाल भू–उपग्रहको अभियानमा आफ्नो समूहले नेपाल चिनाउने थांका, पौवा र आधुनिक चित्रकलालाई समावेश गरेको जानकारी दिनुभयो ।
श्रव्यदृश्य सामग्री उत्पादन र भू–उपग्रहमा राख्ने काममा राजन श्रेष्ठ र किरण महर्जन लाग्नुभएको छ । महर्जनले यसरी अहिलेसम्म नेपाली श्रव्यदृश्य अन्तरिक्षमा गएको यो पहिलो पटक हुने दाबी गर्नुभयो ।
यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।









प्रतिक्रिया दिनुहोस्