काठमाडौं । क्रिसमसको पूर्वसन्ध्यामा चितवन पुगेका पूर्वराजा ज्ञानेन्द शाहका परिवारले अंग्रेजी नयाँ वर्ष चितवनमै मनाउने निश्चय भएको छ ।
जगतपुरमा खुल्न लागेको पाँचतारे होटल सोल्टीमा नयाँ वर्ष मनाउने योजनासहित उहाँ सपरिवार चितवन पुग्नुभएको हो । बिहीबार पूर्व राजा ज्ञानेन्द्रका भाइ धिरेन्द्रका तीन छोरी पूजा, दिलासा र सिताष्मा पनि चितवन पुग्नुभएको छ ।
करिब एक सातादेखि चितवनमा रहेका ज्ञानेन्द्रले राजनीतिक भेटघाट गर्नुभएको बुझिएको छ । राजासहितको प्रजातन्त्र खोजिरहेको राप्रपाका केही नेताले पूर्वराजा ज्ञानेन्द्रसँग सरकारमा जाने वा नजाने विषयमा छलफल गरेको स्रोतको भनाइ छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसँग राजनीतिक रूपमा नजिक रहनुभएका पूर्वराजा ज्ञानेन्द्रले आफ्नो एजेन्डा स्थापित गराउन पहल गरिरहनुभएको छ ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।









प्रतिक्रिया दिनुहोस्