
काठमाडौं । चलचित्र निर्माता डा. भोला रिजालका छोरा डा. कपिल रिजालको डेब्यू निर्देशकिय चलचित्र ‘ह्यारी कि प्यारी’को पहिलो गीत ‘धरहरा’ सार्वजनिक भएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच चलचित्रको गीत रिलिज गरिएको हो । सार्वजनिक गीतमा अभिनेत्री रेखा थापाले नृत्य गरेकी छन् । शिखर सन्तोषको संगीत, भोला रिजालको शब्द रचना रहेको गीतमा सपन कुमार राई र मिना निरौलाको स्वर रहेको छ । गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ भने रेखासँगै अभिनेताद्धय जितु नेपाल र विजय बराल पनि फिचर्ड छन् ।
रेखाले चलचित्रको गीत रिलिज कार्यक्रममा बोल्दै लामो समयपछि गेष्ट रोलमा नै भएपनि पर्दामा फर्किन पाएकोमा खुशी व्यक्त गरिन् । पछिल्लो समय आफु अभिनयसँगै राजनितिमा पनि सक्रिय भएकाले चलचित्रमा फर्किन समय लागेको बताइन् । चाँडै आफु मुख्य अभिनेत्रीको रुपमा पर्दामा फर्किने तयारी भैरहेको उनको भनाई छ ।
बि आर प्रोडक्सनकको प्रस्तुतीमा निर्माण भएको चलचित्रमा जितु र विजयका अलवा साम्राज्ञी राज्यलक्ष्मी शाह, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतको अभिनय रहेको छ ।
दन्त चिकित्सक कपिलको प्रस्तुति निर्माण भएको चलचित्रमा रिजाल स्वयंमको कथा तथा निर्देशन रहेको छ भने सुदीप बराल, गिरीराज घिमिरे, अभिमन्यू निरवीले मिलेर पटकथा र संवाद लेखेका हुन् ।
सिनेमामा डा. भोला रिजालको गीत रचना, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन र कविराज गहतराजको कोरियाग्राफी रहेको छ । सुदीप बरालको छायांकन गरेको सिनेमालाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।
विजय बस्यालले पोस्टर डिजाइन गरेको चलचित्रको पोष्ट प्रोडक्सनको काम सम्पुर्ण भारतको मुम्बईमा गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्