काठमाडौं । विवेकशील साझा पार्टीले बन्दिपुरमा समीक्षा भेला गर्ने भएको छ ।
बदलिँदो राजनीतिक परिदृष्य, सम्भावना र नयाँ रणनीतिवारे समीक्षा गर्न मंसिर १५ र १६ गते तनहुँको बन्दिपुरमा विवेकशील साझाले समीक्षा बैठक गर्ने जनाएको हो ।
प्रादेशिक हैसियतका पार्टीका अगुवा कार्यकर्ताहरु सम्मिलित समीक्षा बैठकमा निर्वाचन परिणाम, बैचारिकी, बदलिँदो राजनीतिक विकासक्रम, बैकल्पिक राजनीतिको आगामी स्पेश र सहकार्य, ध्रुविकरण सम्मका खुला छलफल हुने प्रवक्ता प्रकाशचन्द्र परियारले जानकारी दिनुभयो ।
वैकल्पिक राजनीतिक केन्द्रको रुपमा स्थापित विवेकशील साझा पार्टी तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रको राप्रपा प्रवेशसँगै केही समय शिथील बनेको थियो । पार्टीलाई नै राप्रपामा मिसाउने मिश्रको कदम असफल बनाई पार्टी बचाएसँगै नयाँ शिरावाट अघि बढ्ने सोच स्वरुप भेला आयोजना गरिएको अध्यक्ष समीक्षा बास्कोटाले जानकारी दिनुभयो ।
समीक्षा बैठकको तयारी पूरा भएको केन्द्रीय सदस्य सुरज प्रधानले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्