Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ‘एरोब्रिज’

र्‍याम्पबस तथा हिँडेरै विमान चढ्नुपर्ने बाध्यता अन्त्य

1.6k
Shares

काठमाडौं । हालै निर्माण सम्पन्न पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका अन्तर्राष्ट्रिय यात्रुलाई ‘एरोब्रिज’ व्यवस्था गरिएको छ ।

विदेशका विमानस्थलमा जस्तै नेपालमै पहिलोपटक पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको ‘एरोब्रिज’बाट अन्तर्राष्ट्रिय हवाई यात्रुले आरामदायी यात्रा गर्न पाउनेछन् ।

काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत मुलुकभरका कुनै पनि विमानस्थलमा हवाई यात्रुलाई टर्मिलन भवन आगमन तथा प्रस्थान क्षेत्रबाट सोझै विमान चढ्नका लागि ‘एरोब्रिज’ व्यवस्था थिएन ।

विमानस्थलभित्रका र्‍याम्प तथा सटल बसबाट यात्रुलाई विमान चढ्ने ठाउँसम्म मात्र पुर्‍याइँदै आएको थियो भने अन्य विमानस्थलमा पैदलै हवाई यात्रुले विमान चढ्नुपर्ने बाध्यता थियो । यस क्रममा कुनै पनि बेला यात्रुलाई भारी वर्षाका बेला निथ्रुक्कै भिज्नुपर्ने बाध्यता थियो ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।