काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत लिन नै कठिन हुने दावी गर्नु भएको छ।
काँग्रेस जस्तो लचिलो पार्टीलाई त मिलाएर जान नसक्ने प्रधानमन्त्री दाहालले ७ वटा राजनीतिक पार्टीहरुलाई मिलाएर विश्वासको मत लिन कठिन हुने उहाँको तर्क थियो ।
मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता विश्वकर्माले ३० दिन भित्र विश्वास मत लियो भने दाहाल नेतृत्वको सरकार २ वर्षसम्म चल्ने अनुमान समेत गर्नु भयो ।
संघीयतानै नचाहिने राष्ट्रिय स्वतन्त्र पार्टी, राजा आउ भन्ने राप्रपालगायतका राजनीतिक दलहरु रहेको वर्तमान गठबन्धन सरकार टिक्न गाह्रो हुने पनि उहाँले बताउनु भयो ।
नेता विश्वकर्माले प्रधानमन्त्री दाहाललाई गठबन्धन अड्याएर अघि बढन मुस्किल हुने पटकपटक दोहो¥याउनु भयो । कार्यक्रममा बोल्दै सत्तारुढ नेकपा (एमाले)का सांसद सूर्य थापाले संवैधानिक, कानुनी र राजनीतिक सबै हिसावले सत्तारुढ गठबन्धनको सरकार बनेको र यो सहज ढंगले अघि बढने बताउनु भयो ।
उहाँले पार्टीले आवश्यक ठाने आफू पनि सरकारमा जान योग्य रहेको समेत बताउनु भयो । अर्का सत्तारुढ माओवादी केन्द्रका नेता दिनानाथ शर्माले आफूहरुले मिलेर सरकार चलाउने बताउनु भयो ।
उहाँले विगतमा फुट आएपनि अब मिलेर अघि बढने गरी जनादेश आएकाले सोही अनुसार आफूहरु अघि बढनुपर्ने अवस्था रहेको पनि बताउनु भयो । नेता शर्माले नेपालमा राजनीतिक दलहरु फुटको चरणबाट अघि बढेको उल्लेख गर्दै अव एकताबद्ध भएर अघि बढनुको विकल्प नरहेको बताउनु भयो ।




प्रतिक्रिया दिनुहोस्