Logo २९ कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025


मोदीको सुरक्षाका लागि काठमाडौं आए भारतीय सुरक्षाकर्मी


0
Shares

काठमाडौं, भदौ ११ । बिमस्टेक सम्मेलनमा सहभागी हुन आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि अग्रिम रुपमा सुरक्षाकर्मी काठमाडौंमा आइपुगेको छ ।

भारतीय प्रधानमन्त्री मोदी आउनुअघि नै सो सुरक्षा टोलीले काठमाडौंको सुरक्षा अवस्थाबारे भारतीय सरकारलाई जानकारी गराउनेछ ।

मोदीसहित बिमस्टेक राष्ट्रका राष्ट्रप्रमुखको सुरक्षा नेपालले गर्ने भए पनि मोदीको ‘क्लोज प्रोटेक्सन’ सुरक्षाका १३ सदस्यीय टोली काठमाडौं आएको हो । –नागरिक दैनिकबाट