
फाइल तस्विर
काठमाडौं । खाद्य व्यस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रक्रिया पूरा गर्न मात्रै धान खरिद गरिदिँदा किसान मारमा परेका छन् ।
खाद्यले धान किन्न सुरू गरेपछि खुशी भएका किसान आफूसँग भएको सबै धान बेच्न पाएपछि चिन्तित भएका हुन् ।
खाद्यले एक किसानको ३० क्विन्टन मात्रै धान खरिद गर्ने नियम बनाएको छ । ३० क्विन्टन धान बेच्न पनि ती किसान आफ्नो पालिकाको कोटामा पर्नुपर्दछ । एउटा पालिकाबाट १ सय ५ जना किसानले मात्रै खाद्यमा धान बेच्न पाउँछन् ।
किसानलाई पालिकाभित्र १ सय ५ जनामा पर्नुपर्ने त्यहाँको कोटामा परे पनि आफूसँग भएको सबै धान खाद्यमा बेच्न पाएका छैनन् । खाद्यले बजारको भन्दा प्रतिक्विन्टनमा ५–६ सय रूपैयाँ मूल्य बढी दिएर धान खरिद गरेको छ ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।









प्रतिक्रिया दिनुहोस्