Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


कांग्रेससहितको सरकार बन्ने संभावना सकियो : माधव नेपाल


4.7k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाले नेपाली कांग्रेसहितकाे सरकार बन्न सम्भावन सकिएकाे बताउनु भएकाे छ ।

साेही क्रममा गठबन्धन छोडेर नेकपा एमालेसँग सम्वाद गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालकोट गएपछि एकीकृत समाजवादीले पनि सचिवालय बैठक बोलाएको हो ।

बैठकअघि अध्यक्ष माधवकुमार नेपालले कांग्रेस नेतृत्वको गठबन्धनबाट सरकार बन्ने संभावना सकिएको ब्रिफिङ गर्नुभएकाे छ।

कांग्रेस नेतृत्वको गठबन्धनमा सत्ता भागबण्डामा सहमति जुट्न नसकेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरु बालकाेट छलफलमा जुट्नु भएकाे छ ।