Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


बहुचर्चित पक्की पुल, पूरा नहुँदै गुड्यो गाडी

गाउँपालिका अध्यक्ष भन्छन्- निर्माण कम्पनीले हेप्यो, त्यसैले गाडी गुडायौंं

26.3k
Shares

काठमाडौं । उदयपुर र खोटाङ जोड्ने निर्माणाधीन फोक्सिङटार पुल सम्पन्न नहुँदै यातायात सञ्चालनमा ल्याइएको छ ।

उदयपुर रौतामाई गाउँपालिका–५ आँपटार र खोटाङ खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे जोड्ने पुलमा जबर्जस्ती यातायात सञ्चालन गरिएको हो ।

बहुचर्चित सुनकोसी नदीमाथिको फोक्सिङटार मोटरेबल पक्की पुल सम्पन्न हुन अझै एक महिना लाग्ने जनाएको छ । पुल वारिपारि एप्रोज सडक, रेलिङ तथा वाइरिङ कोट ढलान गर्न बाँकी नै छ ।

मुग्लिङपछि नेपालकै दोस्रो ‘आर्क डिजाइन’मा निर्माण भइरहेको फोक्सिङटारमा निर्माणाधीन मोटरेबल पक्की पुल निर्माण अन्तिम चरणमा पुगेकै बेला जबर्जस्ती यातायात सञ्चालन गरिएको हो ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।