Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


नयाँ सांसदको ५ वर्षे कार्यकाल प्रारम्भ


26
Shares

काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभाका सांसदरूको आगामी ५ वर्षे कार्यकाल बिहिबारबाट सुरू भएको छ ।

सांसदहरूले पद तथा गोपनियताको शपथ ग्रहण लिएसँगै कार्यकाल प्रारम्भ भएको हो । प्रतिनिधि सभाका सदस्यहरूलाई ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले नयाँ बानेश्वरस्थित संघीय संसद हलमा पद तथा गोपनियताको शपथ खुवानुभयो ।

नेपालको संविधाको धारा ८८ बमोजिम संघीय संसदको प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनु अघि संघीय कानूनबमोजिम शपथ लिनुपर्ने व्यवस्था रहेकाे छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।