२५ मंसिर २०८०, सोमबार | Mon Dec 11 2023


सांसदहरुद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण


0
Shares

काठमाडौं, भदौ १० । प्रतिनिधिसभाका सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आज बसेको बैठकको शून्य समयमा सांसदहरुले दिन प्रतिदिन बढ्दै गएको महंगी, गरिब पहिचान परिचयपत्रको दुरुपयोग, मलखादको अभाव, हिंसा, हत्या र बलात्कारका घटनालगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद सीताराम मेहताले सरकारले कृषि क्रान्तिको नारा लगाए पनि किसानलाई मलखादको समेत व्यवस्था गर्न नसकेको भन्दै आपत्ति जनाए ।

सांसद बृन्दा पाण्डेले महिला हिंसाविरुद्ध संकल्प प्रस्ताव पारित गर्दै गर्दा पनि महिला तथा बालबालिकामाथि हुने हिंसामा कमी नआएको टिप्पणी गरिन् ।

यसैबीच, आजको बैठकमा वैयक्तिक गोपनियतासम्बन्धी विधेयक र खाद्य अधिकारसम्बन्धी विधेयक संसद्मा पेश गरिएको छ ।

यस्तै, बैठकले जनस्वास्थ्य विधेयक र आवास अधिकारसम्बन्धी विधेयक दफाबार छलफलका लागि विषयगत समितिमा पठाइएको छ ।