
काठमाडौं । साताको चौथो दिन आज बुधबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ४ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ८ सय रूपैयाँले बढेर एक लाख एक हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोलामा एक लाख ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य पनि बुधबार २५ रूपैयाँले बढेर १ हजार ४०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्