Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


वाणिज्य बैंकहरुको नाफा कात्तिकमा ३४ प्रतिशत बढ्यो


195
Shares

काठमाडौं । वाणिज्य बैंकहरुले एक महिनामै ३४ प्रतिशतले नाफा बढाएका छन् । असोजको तुलनामा तुलनामा कात्तिकमा वाणिज्य बैंकहरुको नाफा ३४ प्रतिशतको बढेको हो ।

गत असोजसम्ममा वाणिज्य बैंकहरुले १८ अर्ब ३१ करोड करोड रुपैयाँ नाफा कमाएका थिए । कात्तिकमा बैंकहरुको नाफा २४ अर्ब ५३ करोड रुपैयाँ पुगेको हो । यो करिब ३४ प्रतिशतको बढोत्तरी हो ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको वाणिज्य बैंकहरुको कात्तिक महिनासम्मको वित्तीय विवरणअनुसार नाफा ३४ प्रतिशतले बढेको देखिएको हो ।

राष्ट्र बैंकका अनुसार २५ वाणिज्य बैंकहरुले कात्तिकसम्मको वित्तीय विवरण पेश गरेका छन् । प्रभु बैंकले भने विवरण पेश गरेको छैन ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।