
सिन्धुली । सिन्धुलीका विभिन्न स्थानहरूमा दैनिक रूपमा चोरी तथा डकैतीका घटनाहरू बढ्न थालेका छन् ।
जिल्लाकाे दुधौली, भिमान लगायत ठूला मठ मन्दिरहरुमा चोरी डकैती गरी पैसा र अमूल्य वस्तुहरु हराउन थालेका घटना बढ्न थालेका हुन् । सिन्धुलीको प्रशिद्ध धर्मिक स्थल आदिलिंग कुशेश्वर महादेव मन्दिरमा दानपेटी चोरी भएको लामो समय बित्दा समेत चोरहरु पता लगाउन सकिएको छैन ।
सुनकोशी गाउँपालिका-१ मा रहेको महादेव मन्दिरमा पटक-पटक दानपेटिका चोरीका घटना हुँदै आएको छ। तर दोषीको पहिचानमा हुन नसकेको साेही गाउँपालिका-१ का पूर्व वडा अध्यक्ष रामकुमार श्रेष्ठले बताउनुभयाे। करिब गत २–३ वर्षदेखि मन्दिरमा दानपेटी, मूर्ति र मन्दिरभित्रका सामग्री चोरी हुँदै आएको आएको स्थानीयले बताएका छन्।
महादेव मन्दिरमा रहेको दानपेटिमा मासिक रुपमा १ लाख भन्दा बढी दानपेटिकामा संकलन हुनेगर्छ । मेला उत्सवका बेला १८ देखि २० लाख भन्दा बढी रकम दानपेटिकामा रहने जनाइएकाे छ । महादेव मन्दिरबाट पटक-पटक लक्ष्मी, सरस्वतीको मूर्ति, गौरीशंख, एकमुखे रुद्राक्ष र शालीग्राम जस्ता बहुमूल्य वस्तु समेत हराइसकेको स्थानीयवासीले बताएका छन् ।
पटक-पटक चोरी भएपछि सुनकोशी गाउँपालिकाले महादेव मन्दिर परिसरमा सुरक्षाका लागि सीसीटिभी क्यामेराको समेत व्यवस्था गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्