Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


नेपाली श्रमिकमा इजरायलको चासो : केयरगिभर र कृषिमा हजार नेपाली जाँदै


325
Shares

काठमाडौं । इजरायलले पछिल्लो समय नेपालबाट विभिन्न क्षेत्रका लागि श्रमिक लैजाने चासो देखाउँदै आएको छ ।

यसअघि केयरगिभरमा मात्र श्रमिक लैजाँदै आएकोमा त्यहाँका अन्य क्षेत्रमा पनि नेपाली लैजाने चासो देखाएको हो ।

इजरायलले तत्कालै कृषि तथा केयरगिभर क्षेत्रमा थप १ हजारभन्दा बढी नेपाली श्रमिक लैजाने प्रतिबद्धता जनाइसकेको छ ।

यसअघि गएका १ हजार केयर गिभरबाहेक थप ५ सय र कृषि क्षेत्रमा ६ सय लैजाने भएको हो । बुधबार बैदेशिक रोजगार विभागमा इजरायली पक्षसँग भएको छलफलमा यसअघि छनोट भएर लट्रीमा नपरेका र नयाँलाई समेत छनोट गरे लैजाने गरी तयारी भएको हो ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।