Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


त्रिविका ६२ आंशिक क्याम्पसमा विद्युतीय हाजिरी लागू


52
Shares

काठमाडौं । महिनामा एकपटक आएर महिनाभरिको हाजिर गर्ने प्रवृतिको अन्त्य गर्न त्रिभुवन विश्वविद्यालयले सबै आंगिक क्याम्पसमा विद्युतीय हाजिरी अनिवार्य गरेलगत्तै कार्यविधि बनाउन सुरू गरेको छ ।

त्रिवि प्राध्यापक संघले कार्यविधि बनाउनुपर्ने माग राखेपछि कार्यविधि बनाउन लागिएको हो ।

दशैंलगत्तै अनिवार्य गरेको विद्युतीय हाजिर प्रभावकारी भएपछि त्यसलाई व्यवस्थित र थप कडाई गर्न कार्यविधि बनाउन लागेको त्रिविले जनाएको छ ।

त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाले सबै निर्देशनालय, विभाग, महाशाखा, प्राध्यापक, सहप्रध्यापक, उपप्राध्यापकलगायत सबै कर्मचारीलाई अनिवार्य हाजिरको व्यवस्था गरेको जानकारी दिए ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।