Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


काभ्रे बस दुर्घटनामा १७ जनाको मृत्यु,२२ घाइते


182
Shares

काभ्रेको बेथानचोक गाउँपालिका–५ बाट सोही गाउँपालिको वडानम्बर ४ चलाल गणेशस्थानमा फर्किदै गरेको बस दुर्घटना हुँदा कम्तीमा १७ जनाको मृत्युभएको छ ।

दुर्घटनामा २२ जना घाइते भएको छन् । तामाङ समुदायको मानिस ब्रतबन्धनमा सहभागी भएर बेथानथोकको च्याल्टीबाट पनौतीको सल्ले तिर आउँदै गरेको बा ३ ख ४३८५ नम्बर रिर्जभ बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी चक्रराज जोशीले जानकारी दिएका छन्। एसपी चक्रराज जोशीका अनुसार कम्तीमा १७ जनाको मृत्यु भएको छ भने २२ जना गम्भीर घाइते भएका छन्।

बसको ब्रेक नलाग्दा बस सडकको कुनामा गएर पल्टदा दुर्घटना भएको बसका सहचालकले जानकारी दिएको पनि एसपी जोशीले नागरिक न्युजलाई बताए। घाईतहरुको धुलिखेल अस्पताल र शिर मेमोरियल अस्पताल बनेपामा उपचार भईरहेको एसपी जोशीले जानकारी दिएका छन्। दुर्घटना साँझ साढे ६ बजे तिर भएको हो।

यो समाचाार आजको नागरिक दैनिकमा प्रकाशित छ ।