Logo ९ बैशाख २०८३, बुधबार | Thu Apr 23 2026


बूढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य अघि बढाउन जनप्रतिनिधिकाे माग


0
Shares

गाेरखा । बूढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य अघि बढाउन गोरखा र धादिङका संघ, प्रदेश र स्थानीय तहमा चुनाव जितेका जनप्रतिनिधिले माग गरेका छन् ।

१२ सय मेगावाटको आयोजना बनाउन गोरखा र धादिङ तर्फका घरजग्जाको मुआब्जा वितरण लगायतका काम भए भइरहे पनि आयोजना निर्माण भने सुरू हुन सकेको छैन ।

गोरखा १ बाट निर्वाचित प्रतिनिधि सभा सांसद राजेन्द्र बजगाईं, धादिङ २ बाट निर्वाचित सांसद रामनाथ अधिकारीलगायतले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर आयोजना निर्माणलाई गति दिन पहल गरिदिन आग्रह गरेका छन् ।

बूढीगण्डकी आयोजना निर्माण कार्य अघि बढाउनुपर्ने र मुआब्जा वितरणलगायत बाँकी काम पनि छिट्टै पूरा गर्न गोरखा र धादिङका स्थानीय तहका प्रमुखहरूले समेत माग गरेका हुन् । सांसद र स्थानीय तहका प्रमुखहरू काठमाडौं आएर दाहालसँग भेटवार्ता गर्दै आयोजना अघि बढाउन पहल गरिदिन आग्रह गरेका हुन् ।