Logo ९ बैशाख २०८३, बुधबार | Thu Apr 23 2026


मेलम्ची स्थायी बनाउन ५० करोड लगानी हुँदै


299
Shares

काठमाडौं । मेलम्ची खानेपानी आयोजना वर्षैभरि सञ्चालनमा ल्याउने गरी थप संरचना बनाउने विषयमा छलफल सुरू भएको छ ।

मनसुनजन्य विपत्तिका कारण आयोजना ६ महिनामात्रै सञ्चालन हुने भएपछि बाह्रै महिना सञ्चालनमा ल्याउने गरी नयाँ संरचना थप गर्ने तयारी भएको हो ।

राजधानीका वासिन्दालाई खानेपानी आपूर्ति गर्ने महत्वपूर्ण यो आयोजना वर्षैभरि सञ्चालनमा ल्याउनका लागि सकेसम्म जेठ मसान्तभित्र नै नयाँ संरचना बनाउने नभए आगामी आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने गरी नयाँ संरचना थप गर्ने कार्य अगाडि बढाउने तयारी भएको छ ।

दुई दशकदेखि चर्चामा रहेको मेलम्ची खानेपानी आयोजनामा थप संरचना निर्माण गरेर भए पनि बाह्रै महिना उपभोक्तालाई पानी वितरण गर्ने तयारी भएको मेलम्ची खानेपानी विकास समितिको भनाइ छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।