Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


‘चि मुसी चि : इभन डेड डिजायर बिलिङ्गिङ’को टिजर रिलिज


416
Shares

काठमाडौं । हरर थ्रिलर सिनेमा ‘चि मुसी चि : इभन डेड डिजायर बिलिङ्गिङ’को अफिसियल टिजर रिलिज भएको छ ।

संवाद विहीन १ मिनेट २३ सेकेण्डको टिजरमा कलाकारको मुभमेन्ट र पार्श्व संगीतले दर्शकमाझ कौतुहलता, डर र उत्सुकता पैदा गर्न सफल छ ।

नेपालमा उच्च कोटीको हरर सिनेमा हेर्ने दर्शकको चाहाना सिनेमाले पुरा गर्ने अपेक्षा निर्माण टिमको छ । आफूहरूले त्यही अनुसार नै स्टोरी, छायांकन र पोष्ट प्रोडक्सनको काम गरेको प्रस्तुतकर्ता अरुण चक्रवर्ती बताउँछन् ।

एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको हरर थ्रिलर जनराको सिनेमाको सार्वजनिक टिजरमा सिनेमाका मुख्य कलाकार प्रिंयका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतका कलाकारलाई स्थान दिइएको छ ।

सिनेमाको निर्देशन मर्ण जेम्स र यश सैनीले संयुक्त रूपमा गरेका हुन् । सिनेमा नेपाली र बलिउड प्राविधिकको सम्मिश्रणमा निर्माण भएकाले पनि केही फरक र नयाँपन दर्शकले महसुस गर्न पाउने छन् ।

सिनेमामा रिञ्जु केसीसँग मिलेर अरुण चक्रावर्तीले लगानी गरेका हुन् ।