Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


वरुण धवन किन चाहन्छन् दक्षिण भारतीय फिल्ममा काम गर्न ?


234
Shares

एजेन्सी । भारतीय अभिनेता वरुण धवनले हालै दक्षिण भारतीय फिल्ममा काम गर्ने इच्छा व्यक्त गरेका छन् ।

वास्तवमा, केही समयअघि वरुण गाल्टा प्लसले आयोजना गरेको राउण्ड टेबलको एक अन्तर्वातामा पुगेका थिए । यस क्रममा धेरैले आफूलाई उत्तरी अभिनेता भन्दा दक्षिणको अभिनेता मान्ने भएकोले उनले दक्षिण भारतीय फिल्ममा काम गर्न चाहेको बताएका छन् ।

राउन्ड टेबलको अन्तर्वाताको क्रममा, निर्देशक करण जोहरले खुलासा गरे कि वरुण दक्षिणको फिल्ममा काम गर्न धेरै इच्छुक छन्, त्यसैले उनी हैदराबाद वा चेन्नईमा बस्न चाहन्छन् ।

यसबारे वरुणले भने, ‘हामीले तेलुगुमा ‘थोडेलु’ नामको फिल्म रिलिज गरेका छौं । जसकाे नाम हिन्दीमा ‘भेडिया’ हाे । प्रक्षेपणको क्रममा, मेरो ऊर्जा स्तर र फिल्म छनोट देखेर, त्यहाँका मानिसहरूले भने कि तपाईं उत्तरी अभिनेता भन्दा दक्षिणी अभिनेता जस्तै हुनुहुन्छ।’

कुराकानीका क्रममा उनले भने, ‘मलाई मौका मिल्यो भने अवश्य काम गर्न चाहन्छु । मेरो बकेट लिस्टमा यस्ता धेरै प्रतिभाशाली फिल्ममेकरहरू छन् । मलाई थाहा छैन यो सम्भब कसरी हुन्छ, तर म पक्का दक्षिण भारतीय फिल्ममा अवश्य काम गर्न पाउनेछु ।’

दुलकर सलमान तर्फ औंल्याउदै वरुणले अगाडि भने, ‘दुलकर निर्माता हो, सायद उनले मलाई काम दिनेछन् ।’ त्यसमा दुलकरले भने– ‘म तिमीलाई खर्च गर्न सक्दिन ।’

उनी छिट्टै नितेश तिवारीको फिल्म ‘बाबुल’ मा जान्हवी कपूरको अपोजिटमा देखिनेछन् ।