Logo ५ कार्तिक २०८३, बिहिबार | Fri Oct 23 2026


सुत्केरी हुन नसकेकी महिलाको हेलिकप्टरबाट उद्धार


0
Shares

हुम्ला, असार ३ । हुम्लामा सुत्केरी हुन नसकेकी एक महिलाको उद्धार गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाईएको छ ।

चार दिनदेखि सुत्केरी व्यथा लागेर घरमा सुत्केरी गराउन खोज्दा सुत्केरी हुन नसकेकी चंखेली गाउँपालिका वडा नं ६ मेल्छामकी १९ वर्षीया बसन्ती शाहीको हेलिकप्टरबाट उद्धार गरि जिल्ला अस्पताल सिमकोट ल्याईए पनि त्यहाँ पनि उपचार हुन नसक्ने भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाईएको जिल्ला अस्पताल प्रमुख डा. रञ्जितकुमार यादवले जानकारी दिए ।

शाहीको पेटमा भएको बच्चाको भने मृत्यु भएको अस्पतालले जनाएको छ । सरकारले कर्णालीका महिलाहरुलाई सुत्केरी हुन नसकेमा एअर लिफ्टिङमार्फत सुविधा सम्पन्न अस्पतालमा थप उपचारका लागि निशुल्क लग्ने व्यवस्था गरे पनि स्थानीयस्तरमा यसबारे जानकारी नहुँदा सुत्केरी महिलाको मृत्यु हुने गरेको छ ।

यसअघि शनिबारमात्रै चंखेलीकी एक महिलाको एअर एम्वुलेन्सबाट उद्धार गरी जिल्ला अस्पताल, हुम्लामा लगेर सुत्केरी गराईएको थियो ।

 

Skip This