Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


प्रदेश समानुपातिकमा ‘क्लस्टर’ मिलाउन दल असफल


234
Shares

काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि समानुपातिकतर्फको सिटमा राजनीतिक दलहरूले बुझाएको सूची निर्वाचन आयोगले स्वीकार गरे पनि प्रदेश सभातर्फको सूची नमिलेपछि हेरफेरका लागि पत्राचार गरेको छ ।

दलहरूले यसअघि नै पठाएको बन्दसूचीको नामावली तलमाथि गरेपछि आयोगले त्यसलाई अस्वीकार गरेको हो ।

दुई महिनाअघि समानुपातिक उम्मेदवारको सूची पठाएका राजनीतिक दलले समावेशिताका आधारमा हुने ‘क्लस्टर’ मिलाउन नसक्दा हेरफेर गर्नुपर्ने अवस्था आएको हो ।

दलहरूले २०७९ असोज २ र ३ गते समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका थिए । आयोगमा बुझाइएको बन्दसूचीभन्दा तलमाथि पारेर नामावली पठाइएपछि सच्याउन भनिएको हो ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।