
काठमाडौं । संसदद्मा सबै वर्ग, समुदाय र सम्प्रदायको प्रतिनिधित्व हुनेगरी ल्याइएको समानुपातिक निर्वाचन प्रणालीलाई दलहरूले आफू अनुकूल बनाएका छन् ।
लामो राजनीतिक बहस र आन्दोलनपछि प्राप्त समावेशी–समानुपातिक प्रणालीलाई राजनीतिक दलहरूले आफ्ना र आफूअनुकूलका व्यक्ति व्यवस्थापनको माध्यम बनाएको गुनासो व्याप्त छ ।
ठूला दलहरूले नै समानुपातिक प्रणालीतर्फ आफन्त, नजिकका र आयातीत व्यक्तिहरूलाई मनोनयन गराएर उक्त प्रणालीमाथि नै प्रहार गरेको भन्दै विरोध पनि भइरहेको छ ।
संसद्को सबैभन्दा ठूलो दल नेपालै कांग्रेसले समानुपातिकमा पार्टी सभमपति तथा प्रधानमन्त्री पत्नी आरजु राणा देउवा र गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणलाई समानुपातिक सांसद बनाएको छ ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्