 
	    काठमाडाैं । राजनीतिक दलहरुले प्रतिनिधि र प्रदेशसभा निर्वाचनको उम्मेदवारी दिने समयमा महिलामाथि व्यापक विभेद् गरेको निर्वाचन आयोगले बताएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलहरुले हालै सम्पन्न निर्वाचनमा उम्मेदवारी दिने क्रममा महिलामाथि ठूलो विभेद् भएको बताउनुभयो ।
आयोगले आज काठमाडौंमा आयोजना गरेको ‘निर्वाचन व्यवस्थापनमा लैंगिकता र समावेशिता’ विषयक समीक्षा एवम् अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले निर्वाचनमा प्रत्यक्षतर्फ महिलालाई १० प्रतिशत उम्मेदवार पनि नबनाएर राजनीतिक दलले महिलामाथि राजनीतिक हिंसा गरेको आरोप लगाउनुभयो ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनसम्बन्धि कानुन भने अन्य देशको तुलनामा लैंगिक तथा समावेशी रहेको स्मरण गराउनुभयो । निर्वाचनमा महिला हिंसा भयो भनेर कुनै पनि उजुरी नपरेको निर्वाचन आयोगले जनाएको छ ।
कार्यक्रममा बोल्दै काठमाडौं क्षेत्र नम्बर २ प्रतिनिधिसभ सदस्य सोविता गौतमले महिलाहरुलाई नेतृत्वदायी भूमिकामा ल्याउन लागि पहल गर्नुपर्ने आवश्यक्ता रहेको बताउनुभयो ।
सांसद गौतमले महिलालाई मुलुकको नेतृत्वमा पुर्याउनका लागि हौसला दिनुपर्ने आवश्यक्ता समेत औंल्याउनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्