४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


गोपाल योञ्जनको जन्म जयन्तीः स्मृति पुरस्कार दुर्गा खरेललाई


0
Shares

काठमाडौं । यस वर्षको गोपाल योञ्जन स्मृति पुरस्कार वरिष्ठ गायक दुर्गा खरेललाई प्रदान गरिएको छ ।

शनिबार ललितपुरमा गायक,संगीतकार एवम गीतकार गोपाल योञ्जनको ७६ औं जन्म जयन्तीको अवसर पारेर खरेललाई सम्मानित गरिएको हो ।

दार्जिलिङ निवासी खरेल लामो समयदेखि नेपाली गीत संगीतमा सक्रिय रहदै आउनु भएको छ । उनी गोपाल योञ्जनका अनुयायी हुन ।

बद्री दुर्गा खरेलको नाममा उनले आएको ‘बोलाउँ भने तिमीलाई बात लाग्ने डर निकै चर्चित मानिन्छ ।

शुभारम्भ द म्युजिकल जर्नीले गरेको कार्यक्रममा गोपाल योञ्जनका विभिन्न गीत संगीत प्रस्तुत गरिएको थियो ।

नेपाली गीत संगीतका हरेक विधामा आफ्नो गला,कला र शब्दका माध्यमबाट उत्कृष्ट सिर्जना दिन सफल गोपाल योञ्जनको २०५४ सालमा ५४ वर्षको उमेरमा निधन भएको थियो ।

यति चोखो यति मिठो दिउंला तिम्लाई माया, तिम्रो जस्तो मुटु मेरो पनि, जीवनका हरेक मोडमा तिमीले मलाई भेट,देशले रगत मागे मलाई बली चढाउ,धेरै छ गर्नु स्वदेशको सेवा,छातीमा मेरो यो छोटो भोटो लगायतका सयौं गीत गोपाल योञ्जनका कालजयी छन् ।