
काठमाडौं । काठमाडौंकाे थलीका स्थानीयबासीले सडक कालोपत्रे गर्न माग गर्दै थली-साँखु सडकखण्ड बन्द गराएका छन्।
‘सडक पीडित जनता’ को नामबाट जारी सूचनामा आज (शुक्रबार) बिहानदेखि अनिश्चितकालीन समयसम्म सडक बन्द गरिएको उल्लेख गरिएकाे छ । थली-साँखु सडकको थली बजारमा २२ गतेदेखि सडक कालोपत्रे गर्ने भनिए पनि काम सुरू नभएकाले कालोपत्रे नहुन्जेलसम्मका लागि सडक बन्द गरिएको सूचनामा उल्लेख गरिएकाे छ ।
यसअघि पनि थलीका व्यवसायी र स्थानीयले सडक बन्द गरेर कालोपत्र गर्न माग गर्दै आएका छन् । तर उनीहरुको माग अझैसम्म पूरा भएको छैन । चाबहिल-साँखु सडक खण्डमा पर्ने थलीस्थित व्यञ्जन पार्टी प्यालेसदेखि गोकर्ण रिसोर्टकाे नजिककाे उकालोसम्मको बाटो कच्ची छ ।
वषरमा हिलो र हिउँदमा धुलो उड्ने भएकाले स्थानीय समस्यामा परेका छन् ।
प्रतिक्रिया दिनुहोस्