
काठमाडौं । गायिका रेश्मा पुनको आवाजमा रहेको ’मालिङ्गो काटी’ गीतको भिडियो लिम्दुमी क्रियसनको युटुवमार्फत सार्वजनिक भएको छ ।
मौलिक परिवेशमा आधारित मौलिक सिर्जनामा कलम चलाइरहेकी डा. सु माया राईको शब्द तथा डि आर अटुको संगीत तथा राजु कार्कीको एरेन्जमा गीत तयार गरिएको हो । ग्रामिण परिवेशमा रहेका मायालु जोडि विचको प्रेम प्रसङगलाई गीतमा समेटिएको छ ।
भुपेन्द्र तुम्बाहाम्फे लिम्बुको छायाँकन, अनिल रानाको सम्पादन तथा दिनेश माङमुको कोरियाग्राफी तथा निर्देशनमा भिडियो तयार गरिएको हो ।
मौलिक सिर्जनामा आधारित गीतमा बेदना राई, प्रयास दिप राई र प्रकाश लिम्बुको अभिनय रहेको छ ।
प्रतिक्रिया दिनुहोस्