शेयर बजारमा थामिएन ओरालो यात्रा « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Thu Feb 9 2023


शेयर बजारमा थामिएन ओरालो यात्रा


221
Shares

काठमाडौं । शेयर बजारको ओरालो यात्रा मंगलबार पनि जारी रह्यो ।

उतार चढावबीच बजार परिसूचक नेप्से करिब ५ अंकले ओरालो लागेर १९ सय ३३ कायम भएर थामियो । कारोबार पनि अर्ब तलै खुम्चियो । हिजो नेप्से २३ अंकले झरे पनि कारोबार भने डेढ अर्ब नाघेको थियो । यसदिन लघुवित्त, अन्य र जीवन बीमा समूह हरियो रहँदा बाँकी समूह रातो रहे ।

उत्पादनमूलक, निर्जीबन बीमा र विकास बैंक समूह दोहोरो अंकले ऋणात्मक रहँदा बाँकी सामान्य अंकले रातो रहेका हुन् । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २ सय ३८ कम्पनीको २५ लाख ८१ हजार कित्ता शेयर जम्मा ९६ करोड ५२ लाखमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

यसमध्ये १ सय ९ कम्पनीको मूल्य घट्दा ७८ कम्पनीको बढेको पनि नेप्सेले जनाएको छ । यस दिन एनएमबी बैंकका लगानीकर्ताले सबैभन्दा बढी ६ प्रतिशत गुमाउँदा धौलागिरी लघुवित्तका लगानीकर्ताले सबैभन्दा उच्च ८ प्रतिशत कमाए ।