प्युठानमा बिहेभोज खाने ३५ जना बिरामी « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Fri Feb 3 2023


प्युठानमा बिहेभोज खाने ३५ जना बिरामी


923
Shares

अर्घाखाँची । प्युठानमा विवाहको भोज खाएका ३५ जना जन्ती बिरामी परेका छन् ।

पाल्पाको एक बिहेभोजमा सहभागी प्युठान नगरपालिका–६ का एउटै गाउँका ३५ जना बिरामी भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता इन्सपेक्टर सुशील थापामगरले जानकारी दिनुभयो ।

शुक्रबार पाल्पाको एक बिहेभोजमा सहभागी भएर घर फर्किएका उनीहरु बिरामी परेका हुन ।

उनीहरुमा ज्वरो, पखाला र वान्ता लगायतका समस्या देखिएपछि सबैलाई उपचारका लागि एम्बुलेन्स मार्फत जिल्ला अस्पताल बिजुवारमा लगिएको छ । उनीहरू सबैको उपचार भैरहेको र अहिले उनीहरुको स्वास्थ्य अवस्था चिन्ताजनक नरहेको समेत सुचना अधिकारी थापामगरले जानकारी दिनुभयो ।