२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘चुनावी समीक्षा’ लेखेको निहुँमा पत्रकारमाथि कुटपिट


1.313k
Shares

चुरे (मकवानपुर) । आमनिर्वाचनको ‘समीक्षात्मक समाचार’ लेखेको आरोपमा मकवानपुरमा दुई पत्रकारमाथि कुटपिट भएको छ ।

‘आफँहरूलाई पिट्ने व्यक्तिलाई कारबाही’ माग गर्दै किटानी जाहेरी दिन गएका पत्रकारविरुद्ध दलका कार्यकर्ताले नाराबाजी गरेपछि प्रहरीले जाहेरीसमेत दर्ता गर्न मानेको छैन ।

यही विषयलाई लिएर सोमबार दिनभर जिल्ला प्रहरी कार्यालय मकवानपुर परिसर अशान्त बन्यो । पीडितको समर्थनमा प्रहरी कार्यालय पुगेका पत्रकार र दलका कार्यकर्ताबीच झडपको अवस्था आएपछि जिल्ला प्रहरीले प्रदेश प्रहरीबाट थप सुरक्ष बल मगाएको थियो ।

‘पत्रकारमाथि यस्तो निन्दनीय व्यवहार अहिलेसम्म देखेको थिइनँ, कांग्रेस कार्यकर्ताले समग्र पत्रकारमाथि तथानाम बोले, प्रहरी सुरक्षा घेराभित्रै हातपातकै अवस्था भयो, हामी दिनभर त्यही नरजबन्दजस्तै अवस्थामा रह्यौं,’ एक पत्रकारले भने, ‘अझै पनि जाहेरी दर्ता नगर्ने प्रहरीलाई दलको दबाब माथिबाटै आएको छ ।’

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।